कास्की – २ को मतदानस्थलमा लगातार बम विष्फोट
कास्की । कास्की क्षेत्र नम्बर-२ अन्तर्गत पोखरा महानगरपालिका-१६ को दीप चण्डिका मतदानस्थलमा बम विष्फोट भएको छ ।
विष्फोटबाट कुनै क्षति नभएको कास्की प्रहरीले जनाएको छ । यसअघि पोखराका ३ स्थानमा विष्फोट भएको थियो ।
पोखरा-३३ भरतपोखरीस्थित शान्ति उदय मावि, नयाँबजारको नवप्रभात र पोखरा-१६ कै शान्ति माविको मतदान स्थल नजिक बम विस्फोट भएको हो ।
पोखराका मतदान केन्द्रमा कसले बम बिष्फोट गराएको भन्ने नखुलेको प्रहरीले जनाएको छ।