नाली खन्ने क्रममा ढिस्कोले पुरिएर ५ जनाको मृत्यु
कास्की । पोखरामा ढिस्कोले पुरिएर ५ जनाको मृत्यु भएको छ ।
नाली खन्ने क्रममा झरेको ढिस्कोले सातजना पुरिएका हुन् । पोखरा महानगर–२० मौजामा नाली खन्ने क्रममा माथिबाट झरेको ढिस्कोमा उनीहरुलाई पुरेको हो ।
पोखरा महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष सीम गुरुङले दिएको जानकारीअनुसार तीनजनाको शव निकालिएको छ। अन्यको उद्धार कार्य जारी छ ।
महानगरपालिकाको कनेक्टिभिटी रोड योजना अन्तर्गत काम भइरहेको थियो।