भक्तपुर प्रदेशसभामा नेपाली कांग्रेसले बाजी मार्यो

काठमाडौँ – भक्तपुरको प्रदेश १ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यस अघि नेकपाले जितेको क्षेत्रमा कांग्रेसका कृष्ण भँडेलले बाजी मारे ।

भँडेलले १३ हजार ४ सय ४९ मत पाएका छन भने उनका निकटतम प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकालले ११ हजार २ सय ६ मत पाए । नेपाल मजदुर किसानका पार्टी उम्मेवार निरज लवजूले ५ हजार २९ मत पाएका छन्।

२०७४ मा भएको प्रदेशसभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*