‘प्रचण्ड’द्वारा चीन भ्रमण स्थगित

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङसँग तत्काल भेट नजुरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो निर्धारित चीन भ्रमण स्थगित गरेको बुझिएको छ।

दाहालले आफ्ना पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था र पार्टीमा प्राप्त नयाँ जिम्मेवारी कार्यान्वन गर्नु पर्ने प्राथमिकता रहेको भन्दै चीन भ्रमण स्थागित गरेको आफू निकट नेताहरुलाई बताएका थिए।

तर पार्टीका एक स्थायी समिति सदस्य एवं उनी निकट एक नेताका अनुसार दाहाल चिनियाँ राष्ट्रपति सीलाई भेट्ने परिस्थिति नबनेपछि उनले तत्कालका लागि भ्रमण स्थगित गरेका हुन्।

सी पथको अध्ययन र चिनियाँ विकासको अवलोकन समेत गर्ने उद्देश्यसहित करिब ६० जना सदस्यीय टोलीको नेतृत्व गर्दै दाहालले यही मंसिर २४ गते चिनतर्फ लाग्ने योजना बनाएका थिए ।

र, त्यसबारे सार्वजनिक रुपमै यही मंसिर १३ गते शुक्रबार जानकारी गराएका थिए।

तर त्यसको तीन दिनपछि दाहालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था र हालै आफूले ओलीबाट प्राप्त पार्टी सञ्चालनको कार्यकारी जिम्मेवारी कार्यान्वयमा ल्याउने बेला विदेश भ्रमण उचित नभएको ठहरसहित चीन भ्रमण स्थगित गरेको उनी निकट नेताहरुलाई बताएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*