लिङ्केज एकेडेमीले साग पुरुष फुटबलको फाइनल खेल देखाउने
हेटौंडा, २४ मंसिर । हेटौंडा ४ स्कुल रोडमा रहेको लिङ्केज टेक्निकल एकेडेमीले जारी १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग० अन्तर्गत पुरुष फुटबलको फाइनल खेल देखाउने भएको छ । एकेडेमीले आफ्नै नयाँ भवनमा खाजा सहित फुटबल खेलको प्रत्यक्ष प्रसारण देखाउने जनाएको छ ।
पढाइमा मात्र हैन खेल तथा मनोरञ्जनमा पनि लिङ्केज संगसंगै छ भन्ने उदेश्यले नेपाल र भुटान बिचको खेल प्रत्यक्ष प्रसारण हेर्न मिल्ने व्यवस्था गरिएको एकेडेमींले जनाएको छ ।
शरथ रंगशालमा नेपालले स्वर्णका लागि भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ३ः०० बजे सुरु हुनेछ । आजको खेलमा मैदान उत्रँदा नेपाल साग इतिहासमा फुटबलतर्फ तेस्रो स्वर्ण जित्ने योजनामा छ । नेपालले यसअघि सन् १९९३ मा फुटबलतर्फ स्वर्ण जितेको थियो । त्यसपछि सन् २०१६ मा भारतको गुहाटीमा भएको फाइनलमा नेपालले घरेलु टोलीलाई हराउँदै उपाधि उचालेको थियो ।
जारी सागमा समूह चरणमा भुटानसँग भएको खेमला नेपाल ४–० गोलले विजयी भएको थियो । नेपाल प्रतियोगितामा अपराजित टोली हो । उता भुटान नेपालसँग बाहेक सबै खेलमा जित निकालेर फाईनल प्रवेश गरेको थियो ।