पीपीएलमा पोखरा पल्टनद्धारा काठमाडौं गोल्डेन्स ९ विकेटले पराजित
पोखरा – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा घरेलु टोली पोखरा पल्टनले काठमाडौं गोल्डेन्सलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको छ ।
काठमाडौं गोल्डेन्सले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको पोखराले १४.१ ओभरमा १ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
पोखरा क्रिकेट मैदानमा भएको खेलमा शरद भेषावकरले कप्तानी गरेको पोखराका लागि कुसल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे । ओपनिङ ब्याटिङमा आएका उनले नटआउट रहँदै ६५ रन बनाए । उनले ४३ बलमा ५ छक्का र ४ चौका प्रहार गरे । यस्तै, पोखराका लागि रविइन्दर सिंहले ३८ रन बनाए भने आरिफ शेखले १४ रन बनाएका थिए ।