नेकपाको स्थायी कमिटी बैठकमा प्रचण्डद्वारा राजनीतिक प्रतिवदेन पेश

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ ।

आइतवार (आज) दिउँसो पार्टी कार्यालय धुम्बाराहीबा बसेको बैठक भोलि पुन बस्ने गरी सकिएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा उनले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने विधान संशोधनको प्रस्ताव महासचिव विष्णु पौडेलले प्रस्तुत गरेका थिए ।

प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन स्थायी कमिटीका सदस्यअरुलाई अध्ययन गर्न दिइएको छ ।

बैठक भोलि विहान ११ बजेका लागि पुन बोलाइएको स्थायी समिति सदस्य लिलामणि पोखरेलले जानकारी दिए ।

बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*