कोठा न्यानो बनाउन कोइला बालेर सुतेका आमा–छोरीको मृत्यु

काठमाडौं– जाडोको समयमा कोठा न्यानो बनाउनका लागि मकलमा आगो ९कोइला० बालेर सुतेका आमा–छोरी मृत फेला परेका छन् ।

काठमाडौंको कीर्तिपुर नगरपालिका–८ सुन्दरबस्तीकी ३६ वर्षीया शर्मिला रञ्जितकार र उनकी २ महिने छोरी मृतअवस्थामा फेला परेका महानगरीय प्रहरी बृत्त कीर्तिपुरले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार राति शर्मिला, उनकी छोरी र श्रीमान् नवराज मकलमा कोइला बालेर सुतेका थिए । बिहान छोरीलाई तेल लगाउनका लागि भन्दै श्रीमती शर्मिलालाई उठाउन खोज्दा नउठेपछि नवराजले प्रहरीलाई खबर गरेका थिए ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरुको निस्सासिएर मृत्यु भएको हुनसक्ने महानगरीय प्रहरी बृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले बताए ।

डिएसपी कामतीका अनुसार आमा–छोरीको मृत्युको कारण पत्ता लगाउन चिकित्सकसहित प्राविधि प्रहरीको टोली कीर्तिपुर पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*