चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको गए राति हृदयाघातका कारण निधन भएको छ।
वैवाहिक कार्यक्रमबाट निवास फर्कंदै गर्दा बाटोमा बेहोस भएका उनलाई उपचारार्थ ओम अस्पताल लगिएको थियो। उनको उपचारका क्रमै राति निधन भएको अस्पतालले जनाएको छ।
अहिले महाराजगञ्जस्थित त्रिभूवन विश्वविद्यालय, शिक्षण अस्पतालमा शव परीक्षण भइरहेको बोर्डका सदस्य नरेन्द्र महर्जनले बताए।
चलचित्र निर्देशक ५२ वर्षीय भट्टराई जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्ष पनि हुन्। उनका श्रीमती र एक छोरा रहेका छन्।
उनको आजै अन्त्येष्टि गरिने जनाएको छ।