पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार एक बुलेटिन जारी गर्दै पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना रहेकाले तापक्रममा गिरावट आएर चिसो बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै मौसमविद्का अनुसार तराईमा बाक्लो हुस्सु र कुहिरो लागेका कारण चिसो बढेको छ । चिसोले तराईको जनजीवन कष्टकर बनेको छ । हाल देशका मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सुरकुहिरो लागेको छ । पश्चिमी भू–भागलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका उच्च पहाडीरहिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडी भू–भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आइतबार देशका पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार देशका पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जनाइएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै धनगढीको न्यूनतम तापक्रम माइनसमा झरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*