मकवानपुरमा अफरोड साइक्लिङ च्याम्पियनसीप हुदै
हेटौँडा,११, पुस , मकवानपुरमा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा मकवानपुरमा पुस १२ गते शनिबार अफरोड साइक्लिङ च्याम्पियनसीप हुने भएको छ । मकवानपुरमा पहिलो पटक हुन लागेको प्रतियोगितामा देशभरका ४० जना साईक्लिस्टहरुले प्रतिस्पर्धा गर्नेछन् ।
हेटौंडा राइर्डस क्लबको आयोजनामा हुन लागेको च्याम्पियनसिप को सबै तयारी पुरा भैसकेको क्लबका अध्यक्ष विकास ताम्राकारले बताए । मकवानपुरगढीको वडा नंबर २ मा रहेको आमभञ्ज्याङको डुम्रेकुनाबाट सुरु हुने प्रतियोगिता बाँसपानी हुदैं शिकरकटेरी वडा ३ को मक्रान्चुली बाट हेटौँडा ५ पिप्ले हुँदै सडक खाना महोत्सवमा पुगेर समापन हुने अध्यक्ष ताम्राकारले बताए । प्रतियोगितामा हेटौंडा, काठमाडौं दाङ, धरान, निजगढ, सिमरा चितवनका गरि राष्ट्रिय स्तरका साइकिलिस्टहरुको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।
च्याम्पियनसिपमा सहभागिता जनाउन एक हजार दर्ता शुल्क लाग्ने छ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, दोश्रोले ३० हजार र तेश्रोले २० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकलेज जनाएको छ । च्याम्पियनसिपमा सहभागिता मध्ये ४० वर्ष माथीको एक जना साइकललिस्ट लाई उत्कृष्ट घोषित गरि २० हजार बराबरको साईकल पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ ।