चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई हेटौंडा उपमहानगरपालिकाले ३० लाख सहयोग गर्ने
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले धुर्मुश सन्तुली फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आज चितवनमा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत पुगेर निर्माणाधिन रंगशाला हेरीसकेपछी रंगशाला निर्माणका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो ।
धुर्मुस सुन्तलीको प्रयासमा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण हुन लागेकाले स्थानीय सरकारको हैसीएतमा सहयोग गर्न लागिएको मेयर महतले वताउनुभयो । रंगशाला निर्माण हुँदा हेटौंडाले पनि फाइदा पुग्ने भएकाले सहयोग गर्न लागिएको वताउनुभयो । यसका लागि हेटौंडा सहित देशैभरकिा स्थानीय सरकारको पनि सहयोग आवस्यक रहेको उहाँले वताउनुभयो । सवैले सहयोग गर्दा रंगशाला निर्माणमा सहयोग पुग्ने मेयर महतको भनाई छ । केहीदिनमानै घोषणा गरिएको रकम हस्तान्तरण गर्ने उहाँले वताउनुभयो ।
चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको शान्ति चोकमा रहेको २० बिघा ६ कठ्ठा क्षेत्रफलमा रहेको जमिनमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण गर्न लागिएको छ । मौलिकतासहित निर्माण हुन लागेको रंगशाला स्तुपा आकारको हुनेछ भने क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुनेछ। जसले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका खेलाडीहरूलाई मुस्कुराउँदै स्वागत गर्नेछ।