क्रिकेट रंगशालाका निर्माणको लागि हेटौंडा उपमहानगरपालिकाद्वारा ३० लाख हस्तान्तरण
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले धुर्मुश सन्तुली फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्दै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि ३० लाख रुपैयाँ सहयोग रकम एक समारोहका विच हस्तान्तरण गरेको छ । तीस लाख रुपैयाँको चेक हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तीलालार्ई हस्तान्तरण गर्नुभयो ।
करिव ३ अर्ब रुपैयाँ लागतमा निर्माण गर्न लागिएको क्रिकेट रंगशालाका लागि तीनै तहका सरकार तर्फको यो लगानी हेटौंडा उपमहानगरपालिकाको पहिलो हो । तीनै तहका सरकारले रंगशाला निर्माण गर्नकालागि सहयोगको आश्वासन दिएपनि सहयोग रकम भने हस्तान्तरण गरेका छैनन् । तर, देशभरी रहेका ७ सय ५३ वटा स्थानीय तह, सात वटा प्रदेश सरकार र संघीय सरकार मध्य पहिलो पटक हेटौंडा उपमहानगरपालिकाले सरकारी तर्फको सहयोग हस्तान्तरण गरेको धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले वताउनुभयो ।
अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धेरै व्यक्ति संघ, संस्था, विदेशमा रहेका नेपालीहरुले सहयोग गरेपनि तीनै तहका सरकारले भने सहयोग हस्तान्तरण गरिसकेका थिएनन् । अहिले सम्म रंगशाला निर्माणको काम व्यक्ति संघ, संस्थाहरुले सहयोगले मात्र भएको छ । तर, रंगशाला निर्माणको काम तिव्रगतिमा अगाढी वढाउनका लागि सहयोग पुगोस भन्ने उदेस्यले सहयोग गरेको मेयर महतले वताउनुभयो ।
सवै तहका सरकारको सहयोग यही रकेटको गतिमा हुने हो भने तोकिएको समय भन्दा अगावै काम सकिने अध्यक्ष कट्टेलले वताउनुभयो ।