उपसभामुख तुम्बाहाङ्फे पदबाट राजीनामा दिन तयार

काठमाडौं– उपसभामुख शिबमाया तुम्बाहाङफे अन्ततः पदबाट राजीनामा दिन तयार भएकी छन् ।

खाली रहेको सभामुख पदमा आफ्नो दाबेदारी रहने बताउँदै आएकी तुम्बाहाङफे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निर्णयानुसार उपसभामुख पदबाट राजीनामा दिने भएकी हुन् ।

उपसभामुख तुम्बाहाङ्फेले सभामुखलाई सम्बोधन गर्दै राजीनामा दिने बताइएको छ । उपसभामुख तुम्बाहाङफेले सोमबार प्रतिनिधिसभा बैठक बस्नु अगाडि नै राजीनामा दिने तयारी गरेकी छन् ।

उपसभामुखका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार तुम्बाहाङफेले राजीनामा दिने निश्चित भइसकेको छ । ‘उहाँले राजीनामा दिने भनेर तयारी गरिसक्नु भएको छ,’ अधिकारीले खबरहबसँग भने, ‘सम्भवतः प्रतिनिधिसभा बैठक बस्नु अगाडि नै उहाँले राजीनामा दिनु हुन्छ होला ।’

प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो बस्दै छ । उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएमा सोमबार बस्ने बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने गरी तयारी भएको संघीय संसद सचिवालयका एक अधिकारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*