आज सोनाम ल्होसार विविध कार्यक्रम गरी मनाउँदै

हेटौँडा, ११ माघ । आज सोनाम ल्होसार । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।

यस अवसरमा नेपाल तामाङ घेदुङले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिनेछ ।

यसैबिच वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तामाङ समुदायको महत्वपूर्ण चाड ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
२८५६ औँ सोनाम ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले तामाङ भाषामा ‘ल्होछारला ज्याबाडान्बा मुवा’अर्थात् नयाँ वर्ष (ल्होसार) को शुभकामना छ भन्नुभएको छ । शुभकामना सन्देशमा पौडेलले यस पर्वले नेपाली नेपालीबीच भाइचाराको विकास गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*