मकवानपुरमा रिभर साइड क्रिकेट फेस्टिबल – २०७६ हुदै

हेटौंडा । मकवानपुरमा दोस्रो रिभर साइड क्रिकेट फेस्टिबल – २०७६ हुने भएको छ । मकवानपुर क्रिकेट एकेडेमीको आयोजनामा हुने क्रिकेट फेस्टिबल आउँदो माघ २५ गते भीमफेदी गाउँपालिका वडा नंबर १ स्थित सामरी पुलको खेल मैदानमा हुँदैछ ।

आईतबार हेटौंडाको न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम संयोजक अनुप प्रसाद सेनुरियाले फेस्टिबलमा ८ टिमको सहभागिता रहने बताए । ५ ओभरमा खेलाइने खेलमा एक टिममा ८ जना खेलाडि रहने संयोजक सेनुरियाले बताए । फेस्टिबलमा विजेता टोलीलाई ३० हजार र उपविजेता टोलीलाई १५ हजारको पुरस्कार रहेको संयोजक सेनुरियाले बताए ।

क्रिकेट प्रति अभिप्रेरित गराउने उदेश्यले रिभर साइड क्रिकेट फेस्टिबलको आयोजना गरिएको मकवानपुर क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठले पत्रकार सम्मेलनमा बताए । वनभोज सहितको क्रिकेट फेस्टिबलमा सहभागिको लागि प्रत्येक खेलाडी बापत १ हजार ५ सय दर्ता शुल्क लाग्ने बताईएको छ । जसमा खेलाडीलाई ड्रेसको समेत व्यवस्था रहेको छ । कार्यक्रममा साढे २ लाख खर्च हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*