इच्छाकामना गाउँपालिकाद्धारा क्रिकेट रङ्गशाला निर्माणमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग
माघ २६ – गौतमबुद्ध अन्तरर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न इच्छाकामना गाउँपालिकाले ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माण गरिहेको रङ्गशालाका लागि गाउँपालिकाले सहयोग गरेको हो ।
रङ्गशाला निर्माणमा सहयोग सङ्कलन गर्न आयोजना भइरहेको महायज्ञमा सो गाउँपालिकाको अध्यक्ष गीताकुमारी गुरुङ ,उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र प्रमुख प्रशसकीय अधिकृत सुकदेव लम्सालले शनिबार सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
रङ्गशाला निर्माणमा सहयोग गर्नु सबैको सामूहिक जिम्मेवारी भएकाले आर्थिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो। गाउँपालिकाले रङ्गशाला निर्माणमा सहयोग जुटाउन ५१ सदस्यीय समिति गठन गरेको जनाएको छ ।