तेश्रो बागमती गोल्ड कप आजदेखि, गृहमन्त्री बादलले उद्घाटन गर्ने

हेटौंडा,३ फागुन,पूर्वी मकवानपुुरको बागमती गाउँपालिकामा हुने तेश्रो बागमती गोल्ड कप फुटबल प्रतियोगिता आजबाट सुरु हुने भएको छ । उद्घाटन खेलमा आयोजक फापरबारीले बागमती युवा क्लव सर्लाहीसँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै, दोस्रो खेल आईतबार फागुन ४ गते न्यू डाँफे युवा क्लव र नवजागृति युवा क्लव प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता बागमती गाउँपालिकाको वडा नंबर ८ स्थित जनता उच्च माविको खेलमैदान हुने बताईएको छ ।

प्रतियोगितामा १० टिमको सहभागिता रहने छ । प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लब, संकटा युथ क्लब, हिमालयन शेर्पा, च्यासल युथ क्लब र साविक विजेता सरस्वती युवा क्लब खेल्ने संयोजक अरुण बलले जानकारी दिए । त्यस्तै मोफसलका मकवानपुर जिल्ला लिग विजेता न्यू डाँफे युवा क्लब, सिमराको नव जनजागृती, सर्लाहीको बागमती युवा क्लब, बीरगञ्ज यूनाइटेड र आयोजक टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता फागुन १३ गतेसम्म चल्नेछ ।

बागमती खेलकुद विकास समितिको आयोजना र बागमती गाउँपालिका मकवानपुरकोे प्रायोजनमा प्रतियोगितामा हुन लागेको हो । गोल्डकपमा एकैसाथ प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्न सक्ने छन् ।

गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् । उपविजेतले ३ लाख हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार नगद पाउनेछन् । प्रतियोगिताको उद्घाटन गृहमन्त्री रामबहादुर थापा (बादल) ले गर्ने बताईएको छ ।

पहिलो बागमती गोल्डकपको उपाधी हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लबले हात पारेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*