हिमालय शेर्पा क्लव वाग्मती गोल्डकपको सेमिफाइनलमा
हेटौंडा । हिमालय शेर्पा क्लव जारी तेस्रो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०७६ को सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार जनता मावि प्राविधिक शिक्षालयको खेल मैदानमा सम्पन्न खेलमा सरस्वती युवा काठमाण्डौलाई ४ ः ० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
हिमालय शेर्पाको भेट आयोजक र च्यासलबिचको बिजेतासंग हुनेछ । हिमालय शेर्पाको जितमा सुरज हमालले २ गोल गर्दै खेलको नायक बनेका छन् । खेलको १० मिनेटमै हमालले १ गोल गरेका थिए भने ३७ मिनेटमा अर्को गोल गरेका हुन् ।
खेलको ४९ मिनेटमा हिमालयका जर्सी नम्बर १४ का कमल थापा मगरले १ गोल गर्दै आग्रता दिलाए । सरस्वती युवा क्लवका जर्सी नम्बर १० का तिर्थ वस्नतेले प्रहार गरेको आकर्षक बल हिमालय शेर्पा क्लवकोे गोलपोष्ट नजिकबाट बाहिरिएको थियो । हिमालयका जर्सी नम्बर २३ का मान बहादुर तामाङले पाएको डिबक्स भित्रको बल पोष्टमाथिबाट बाहिरो ।
खेलमा सरस्वती युवा क्लवका जर्सी नम्बर २१ बिनोद केसीले केही राम्रा मौकाहरु पाएपनि सदुपयोग गर्न सकेनन् । सरस्वती युथ क्लवले हिमालय शेर्पालाई केही दबाब राखेपनि एक गोल पनि गर्न सकेन । खेलको ७१ मिनेटमा बिशन गुरुङले अर्को गोल गर्दै हिमालय शेर्पा युथ क्लव विजयी भयो ।
खेलमा हिमालय बिशन गुरुङ म्यान अफ दी म्याच घोषित भए । उनले नगद पा“च हजार रुपैया“ प्राप्त गरेका छन् । प्रतियोगिताअन्तर्गत् आज बिहिबार बिरगंज युनाइटेड र संकटा युवा क्लव काठमाण्डौ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता फागुन १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ६ लाख र उपविजेताले नगद ३ लाख रुपैया“ प्रँप्त गर्नेछन् ।