नेपालमा थप एकमा कोरोना भाइरसको संक्रमण , संक्रमितको सँख्या ५ पुग्यो

काठमाडौं– नेपालमा पाँचौं व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको क्रममा बेल्जियमबाट नेपाली आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ती युवती चैत ४ गते बेल्जियमबाट कतार ट्रान्जिट हुँदै नेपाल आइपुगेकी हुन् ।

उनको स्थायी ठेगाना बाग्लुङ भएको बताइएको छ । हाल उनलाई धौलागिरी अस्पतालमा राखिएको छ ।

पहिलो संक्रमितवुहानबाट आएका नेपाली विद्यार्थी थिए।

दोस्रो सङ्क्रमण फ्रान्सबाट आएकी १९ वर्षीय महिलामा फेला परेको थियो।

तेस्रो व्यक्ति खाडी मुलुकबाट आएका एक पुरुष रहेको बताइएको थियो।

चौथो व्यक्ति पनि विदेशबाट आएका व्यक्ति थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*