नेपालमा हालसम्म ३ हजार ५ सयको कोरोना परीक्षण
२८ चैत्र,काठमाण्डौं । नेपालमा हालसम्म ३ हजार ५ सय २४ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङुका क्रममा प्रवक्ता डा विकास देवकोटाले मुलुकमा कोरोना परीक्षण बढिरहेको बताए ।
२४ घण्टामा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ४०१ नमुना परीक्षण भएको छ भने उपत्यका बाहिर २२९ नमुना परीक्षण गरिएको छ। प्रवक्ता देवकोटाले परीक्षणको दायरा बढाएसँगै नमुना परीक्षण बढिरहेको बताए।