भारतमा बैशाख २१ गते सम्म लकडाउन

काठमाडौं भारतमा लकडाउनको अवधि ३ मे बैशाख २१ गते सम्ममा लागि बढाइएको छ । भारततीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान देशबासीका नाममा सम्बोधन गर्दै लडडाउन बढाउने निर्णय गरेका हुन्। यसअघि तीनसाताका लागि घोषणा गरिएको लडकडाउनको अवधि बुधबारबाट सकिँदै थियो । उनले थप १९ दिनका लागि भारतभर लडकडाउनको घोषणा गरेका हुन्।

विश्वभर फैलिएको कोरोना महामारीलाई फैलन नदिन लकडाउन नै उपयुक्त विधि भएको मोदीले बताए । ‘अहिले अपनाइएको जुन कदम छ, त्यो नै हाम्रा लागि सही हो’ मोदीले भने ।

आर्थिक दृष्टिबाट हेर्दा लकडाउन यो निकै महंगो देखिए पनि भारतबासीको जीवनसँग तुलना यसलाई नसकिने मोदीले बताए ।

हालसम्म भारतमा करिब साँढे १० हजार कोरोना संक्रमित रहेको पुष्टि भएको छ भने । ३५० भन्दा धेरैको मृत्यु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*