अध्यादेशको विवादबारे सांसदसँग छलफल गर्दै नेकपा

बैशाख १०,काठमाण्डौ । सरकारले दल विभाजन तथा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि उत्पन्न विवादबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुवै अध्यक्षले पार्टीका सांसदहरुसँग छलफल थालेका छन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गर्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

पार्टी स्थापना दिवसको अवसरमा बालुवाटारमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरूसँग प्रदेशस्तरीय समूहमा छलफल भएको थापाले बताउनुभयो ।

सुदूर पश्चिम प्रदेशबाट सुरू भएको छलफल प्रदेश नं १ र वाग्मती प्रदेश हुँदै क्रमश सातवटै प्रदेशका सांसदहरूसँग आज र भोलिसम्म छलफल गरिनेछ । नेकपा सांसदलाई बालुवाटारमा बोलाएर छलफल गरिएको हो ।

छलफलको सुरुवात सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदबाट भएको छ । जारी दल विभाजन तथा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र कोरोना भाइरसविरूद्वको लकडाउनलगायतका विषयहरूमा सांसदहरूलाई स्पष्ट गर्न नेकपाका दुवै अध्यक्षले छलफल थालेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*