झापामा अर्को एक जनामा कोरोना पुष्टि :संक्रमितको संख्या ५२ पुग्यो

बैशाख १४,काठमाडौं । आइतबार झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोशी अस्पताल, विराटनगरमा भएको परीक्षणको नतिजा अनुसार झापाका पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

सामान्य स्वास्थ्य अवस्था रहेका उनी अहिले अस्पतालको निगरानीमा छन् । यसअघि झापाको दमकका एक जनामा संक्रमण देखिएको थियो । उनको कोशी अस्पताल विराटनगरमा उपचार भइराखेको छ । आइतबार झापामा एक जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५२ पुगेको छ । १६ जना भने डिस्चार्ज भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*