कक्षा ८ को रिजल्ट अनलाइनमार्फत प्रकाशन
१६ बैशाख स्याङ्जा । फेदिखोला गाउँपालिकाले कक्षा ८ को परीक्षाफल अनलाइनमार्फत प्रकाशित गरेको छ । सोमबार साँझ पालिकाले डिजिटल माध्यमद्वारा आधारभूत तहअन्र्तगत कक्षा ८ को नतिजा प्रकाशन गरेको हो ।
देशभर लकडाउनले प्रभावित बनाइरहेका बेला गाउँपालिकाले भने नतिजा प्रकाशनलाई अनलाइन व्यवस्थापन प्रणालीबाट प्रकाशन गरेको हो।परीक्षार्थीले मोबाइल प्रयोगबाट पनि नतिजा हेर्न पाउने छन् ।
परीक्षार्थीले कक्षा ८ को नतिजा व्यवस्थापन प्रणाली अन्र्तगतको सफ्टवेयर खोली सिम्वोल नम्बर र जन्ममिती जनाएपछि नजिता हेर्न सक्नेछन् । उपयोगकर्तालाई इन्टरनेटको पहुँच भने हुनुपर्दछ । जुनसुकै स्थानमा रहेर पनि आफ्नो नतिजा हेर्न सक्नेगरी सफ्टवेयर निर्माण गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
गाउँपालिकाले विगतदेखि नै डिजिटल अभ्यासलाई निरन्तरता दिँदै आएको छ । लकडाउनका कारण विद्यार्थीमा पढ्ने बानीमा ह्रास आउन नदिने पालिकाको मुख्य उदेश्य हो । पालिकाको परीक्षा समितिको भर्चुअल बैठक बसेर अनलाइन माध्यमबाटै नतिजा प्रकाशन गर्ने निर्णय गरेको सूचना प्रविधि अधिकृत दिपक ओझाले बताए।उनले भने, ुअध्यक्षको राय सल्लाह बमोजिम हामीले डिजिटल प्रविधिको उपयोग एवं विस्तार गरेका हौं ।ु
लकडाउनलाई उपयोग गर्दे डिजिटल प्रविधिको उपयोग गरेर नतिजा प्रकाशन गर्ने मुलुकभरका स्थानीय तहमा फेदिखोला पहिलो गाउँपालिका बन्न सफल भएको अध्यक्ष सुवेदीको भनाई छ । ुहामीले एसईई मोडलमा नतिजा तयार पार्ने जमर्को गरेका हौं, उनले भने,ु अन्य वार्षिक परीक्षाको नतिजा पनि २÷४ दिनमै सक्नेगरी जुटका छौं।
वर्षभरी पढाइमा गरेको परिश्रमको नतिजा लकडाउनका कारण लम्बिएपछि दिक्क बनेका आशिष सुवेदी अहिले खुशी भएका छन् । सिद्धार्थ माध्यमिक बिद्यालयमा अध्ययरत उनी घरमै बसेर नतिजा हेर्न पाएपछि खुशी लागेको बताए। उनीलगायत पालिकाभरका १२ वटा विद्यालयका २ सय १ जनाले आधारभूत तहको परीक्षा दिएका थिए ।