बागमती प्रदेशमा बजेट अधिवेशनको तयारी सुरु, सामाजिक दुरी कायम गरि बैठक हुने

बैशाख २३,हेटौंडा । अधिवेशनको तयारीमा रहेको बागमती प्रदेशले अधिवेशनका बैठकहरु प्रदेश सभा हलमा नै गर्ने तयारी गरेको छ । सोमबार बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा भिडियो कन्फ्रेन्स मार्फत बसेको कार्यब्यवस्था परामर्श समितिको बैठकले अब सुरु हुने बजेट अधिवेशनको विषयमा छलफल गरेको थियो ।

बैठकमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेल , प्रमुख प्रतिपक्षी दलका नेता माननीय ईन्द्र बहादुर बानीयाँ लगायतको समेत उपश्थिति रहेको थियो । कारोनाको कारण सरकारले लकडाउन गरिरहेको समयमा सामाजिक दुरी कायम गरि आवश्यक सुरक्षाको मापदण्ड पु¥याएर मात्रै प्रदेश सभाहलमा सासंदहरुलाई प्रवेश गराई बैठक संचालन गर्ने तयारी भएको सभामुख सानुकुमार श्रेष्ठले बैठकमा सांसदहरुलाई बताउनुभएको थियो ।

संघीय संसदमा समेत बजेट अधिवेशन आब्हान भएसँगै प्रदेशमा पनि प्रदेश सरकारबाट अधिवेशन आब्हान भएको अवस्थामा बैठकलाई सुरक्षित रुपमा संचालन गर्नका लागि अपनाउन सकिने विधि र प्रक्रियाका विषयमा बैठकमा छलफल भएको थियो । छलफलमा भाग लिनुहुदैँ प्रदेश सभा सदस्यहरुले बजेट अधिवेशन महत्वपूर्ण भएकाले यो अधिवेशन समयमै सुरु गरिनु पर्ने र बैठक बस्दा सरकार र डब्लुएचओको मापदण्ड पूर्ण रुपमा पालना हुनु पर्नेमा जोड दिनुभएको थियो ।

बैठकमा भाग लिनुहुदैँ बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्र बहादुर बानीयाँले दलगत रुपमा बैठकमा उपश्थित हुने तथा छलफलमा भाग लिने सांसदको नाम टुगों लगाई बैठक हलमा सामाजिक दुरी कायम गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

आर्थिक वर्ष २०७७र७८ को निति तथा कार्यक्रम प्रस्तुत हुने र वार्षिक बजेट समेत प्रस्तुत भई पारित हुने यो अधिवेशन निकै महत्वपूर्ण मानिन्छ । यसैबिच प्रदेश सभाका सचिव श्री कृष्णहरी खड्काले आवश्यक सुरक्षाका सम्पूर्ण उपायहरु अपनाएर बैठक संचालनको लागि प्रदेश सभा सचिालय पूर्ण रुपमा तयारीमा रहेको जानकारी गराउनुभयो । -जनपत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*