हेटौंडाका बैंक तथा वित्तीय संस्था नियमित संचालन हुने

२९ बैशाख , मकवानपुर । हेटौंडाका बैंक तथा वित्तीय संस्थाका शाखाहरु आईतबारदेखि नियमित संचालन भएका छन् ।

गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको थियो । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा हेटौंडाका सबै बैंकका शाखा प्रमुखहरुको डिजिटल मिटिङबाट सबै बैंक तथा वित्तीय संस्थाका शाखाहरुले स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई थप प्रभावकारी बनाई नियमित सञ्चालनमा ल्याइएको हेटौंडा बैंकर्स क्लब का सचिब तथा सेञ्चुरी कमर्शियल बैकका शाखा प्रमुख सुहित शाक्यले जानकारी दिए ।

उनले सरकारको निर्णयअनुसार आवश्यकताका आधारमा एकतिहाइ कर्मचारी राखेर शाखा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिदै हेटौंडास्थित बैंकका शाखाहरु हरेक दिन ११ देखि १ बजेसम्म खोल्न आग्रह गरिएको बताए ।

शाखा कार्यालयमा भिडभाड नगरी पालैपालो सेवाग्राहीलाई प्रवेश गराउने, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागि समेत अनिवार्य गरिएको छ । उनले सार्वजनिक बिदा बाहेक हरेक दिन बैंक खुल्ला रहनुका साथै लकडाउन अवधी सम्म अन्य बैंकको एटिएमबाट पैसा निकाल्दा पैसा नलाग्ने समेत जानकारी दिए ।

सरकारले गत चैत ११ गतेदेखी कोरोनाको संक्रमण रोकथामका लागि लकडाउनको घोषणा गरेपछी बैंकले आलोपालो सेवा दिनुका साथै आंशिक रुपमा मात्र संचालन थिए ।

सरकारको पछिल्लो निर्णयबाट बैंकका शाखा खुल्ने भएकोले ग्राहकलाई थप राहत पुग्नुका साथै बैंकमा हुने भिडभाडमा समेत कमी आउने हेटौंडा बैंकर्स क्लबले जनाएको छ । यसका साथै आफ्ना ग्राहकहरुलाई अनावश्यक भिडभाड नगर्नका लागि समेत आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*