२५ प्रतिशत विद्युत् महसुल छुट भाडामा बस्नेहरुका लागि पनि होः मन्त्री पुन

वैशाख ३०, काठमाडौं । सरकारले लकडाउनका समयमा घरायसी ग्राहकलाई दिइएको २५ प्रतिशत छुट भाडामा बस्नेहरुका लागि पनि भएको स्पष्ट गरेको छ। ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले भाडामा बस्नेहरुका लागि उक्त सुविधा दिन घरधनीलाई आग्रह गरे। भाडामा बस्ने विद्यार्थी, कर्मचारी र मजदुरहरुबाट घरभेटीले आफूहरुलाई छुट नदिएको गुनासो आएको र त्यसबारे मन्त्रालयले अनुगनम गर्ने बताए।

‘घरेलु उपभोक्तालाई दिइएको २५ प्रतिशत छुट भाडामा बस्नेले पनि पाउने हो’, नेपाल आर्थिक पत्रकार समाज ९सेजन० ले मंगलबार गरेको भर्चुअल अन्तरक्रियामा मन्त्री पुनले भने, ‘सरकारले दिएको सुविधा घर हुनेले मात्र उपभोग गर्ने होइन, काठमाण्डौं र अन्य सहरी क्षेत्रमा भाडामा बस्ने लाखौं मानिसहरुका लागि पनि हो।’ मन्त्री पुनले केही घरधनीले भाडामा बस्नेहरुसँग सरकारले लिने शुल्कभन्दा बढी असुल्ने गरेको गुनासो आएको भन्दै त्यस्तो कार्यलाई अपराधको संज्ञा दिए। ‘सरकारलाई तिरेको भन्दा भाडामा बस्नेसँग थपेर लिने प्रवृत्ति अपराघ हो’, मन्त्री पुनले भने, ‘मन्त्रालयले यसको अनुगमन गर्छ।’

मन्त्री पुनले लकडाउनका कारण विद्युत् महसुल तिर्न नसक्ने ग्राहकले आगामी जेठ पहिलो सातासम्म जरिवाना तिर्नुनपर्ने निर्णय सरकारले गरेको स्मरण गराए। अनलाइनमार्फत शुल्क तिर्न सकिने व्यवस्था मिलाइएको भए पनि सबै ग्राहकले अनलाइन कारोबार गर्न असम्भव भएको भन्दै मन्त्री पुनले भरसक शुल्क तिरिदिन आग्रह गरे। लकडाउनका कारण मटिर रिडिङ हुन नसकेकाले गत फागुनकै दरमा विद्युत महसुल बुझाउन उनले आग्रह गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*