बजेट आज सार्वजनिक गरिदै
अपराह्न ४ बजे प्रस्तुत गरिने
जेठ १५,काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट संसदमा प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा अपराह्न ४ बजे राजश्व र आयको विवरण बजेट प्रस्तुत गर्नेछन् ।
नेपालको संविधान बमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउसो ३ बजेर ४५ मिनेट अगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरेका छन् ।
नीति तथा कार्यक्रममा प्राथमिकतमा राखिएका कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणसहित कृषि र रोजगारी लगायतका क्षेत्रलाई केन्द्रित गरेर बजेट ल्याइने छ ।