आईपास नेपालद्वारा स्वास्थ्य सामग्री वितरण

जेठ २१,हेटौंडा । लकडाउनको समयमा निरन्तर सुरक्षित गर्भतन सेवा प्रदान गरिरहेका मकवानपुरका विभिन्न स्वास्थ्य संस्था र अस्पताललाई आईपास नेपालले स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाले जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरमार्फत मकवापनुरका सुरक्षित गर्भतन सेवा प्रदान गरिरहेका विभिन्न १० वटा स्वास्थ्य संस्था, हेटौँडा अस्पताल र प्रदेश आपूर्ति केन्द्रलाई ५ लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

संस्थाले पिपिई सेट, सर्जिकल ग्लब्स, सेनिटाईजर, सर्जिकल मास्क, केएन ९५ मास्क, आई गगल्स लगायतका स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य प्रशासक प्रणयकुमार उपाध्यायमार्फत ती संस्थाहरुलाई वितरण गरेको हो ।

संस्थाले मकवानपुरमा सुरक्षित गर्भपतन सेवा प्रदान गरिरहेका मनहरी प्राथामिक स्वास्थ्य केन्द्र , हाडिखोला स्वास्थ्य चौकी, छतिवन प्राथामिक स्वास्थ्य केन्द्र, हात्तिसुडे सामुदायिक स्वास्थ्य ईकाइ, बेतिनी स्वास्थ्य चौकी फापरबारी ,राईगांउ स्वास्थ्य चौकी, भिमफेदी प्राथामिक स्वास्थ्य केन्द्र, निवुवाटार स्वास्थ्य चौकी,नामटार स्वास्थ्य चौकी,बज्रबाराही स्वास्थ्य चौकी,हेटौँडा अस्पताल र प्रदेश आपूर्ति केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

स्वास्थ्य सामग्री ओचिन मकवानपुरको सहकार्यमा वितरण गरिएको ओचिन मकवानपुरकी कार्यक्रम संयोजक सुप्रिमा सापकोटाले जानकारी दिनुभयो । उक्त सामग्रीको उपयोगबाट तोकिएका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षा र सेवाग्राहीहरुले सुरक्षित सेवा पाउने अपेक्षा राखिएको आईपास नेपालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*