विरोधपछि सरकारले कर तिर्ने अवधि बढायो

जेष्ठ २१, काठमाडौँ । सरकारले कर तिर्ने समय बढाएर असार १५ गतेसम्म पुर्‍याएको छ । जेठ २५ गतेसम्म कर भुक्तानी गर्नुपर्ने सरकारी निर्णयको विरोध भएपछि आन्तरिक राजस्व विभागले शीर्षकअनुसार असार ७ देखि १५ गतेसम्म समय थपेको हो ।

‘जेठ २५ गतेसम्म सीमा बढाएका छौं,’ विभाग उपमहानिर्देशक मुक्ति पाण्डेले भने, ‘विभागले तोकेको समय सीमाभित्र शुल्क र ब्याज लाग्दैन ।’ विभागले १५ गतेसम्म तोके पनि उद्योगीहरुले भने लकडाउन खुलेको कम्तीमा ३ महिना समय चाहिने बताउँदै आएका छन् । लकडाउनले उद्योगधन्दा नै ठप्प भएकाले तत्काल कर तिर्न नसक्ने उनीहरुको दाबी छ ।

उपमहानिर्देशक पाण्डेले यसबीचमा केही समस्या आए सहजीकरण गरिने उनले बताए । ‘मन्त्रालयको निर्देशनअनुसार कार्यान्वयन गरेका छौं,’ उनले भने, ‘यस अवधिमा कुनै समस्या भए सहजीकरण गर्छौं ।’ विभागले जारी गरेको सूचनाअनुसार करदाताले चैत महिनामा बुझाउनु पर्ने आयकरको दोस्रो किस्ता असार १५ गतेसम्म बुझाउनुपर्ने उल्लेख छ ।

मूल्य अभिवृद्धि करको हकमा २०७६ फागुन, चैत र २०७७ वैशाख महिनाको मासिक कर विवरण, २०७६ माघ, फागुन र चैत २०७७ वैशाख महिनाको द्धिमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार ७ गतेसम्म तोकेको छ ।

फागुन, चैत र वैशाख महिनाको बुझाउनु पर्ने विवरण तथा विवरण बमोजिमको अन्तशुल्क दाखिला गर्ने म्याद असार ७ गतेसम्म, अग्रीम कर कट्टी र अग्रीम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार ७ गतेसम्म तोकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*