आजबाट बिहान ११ बजेसम्म पसल र व्यवसाय खुला गर्ने महासङ्घको निर्णय
जेठ २२,काठमाण्डौ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आजदेखि आजदेखि बिहान ११ बजेसम्म पसल र व्यवसाय खुला गर्ने निर्णय गरेको छ । लकडाउन लम्बिँदै जाँदा व्यापारी तथा व्यवसायी पेसाबाटै पलायन हुने र रोजीरोटी नै गुम्ने अवस्था आएकोले आजदेखि बिहान ११ बजेसम्म पसल तथा व्यवसाय खुला गर्ने निर्णय गरेको महासङ्घका अध्यक्ष नरेश कटुवालले जानकारी दिनुभयो ।
सरकारले लकडाउनलाई निरन्तरता दिएको, लकडाउन खुलाउने पहल नगरेको तर कर तिर्न भने ताकेता गरिरहेको अवस्थामा अझै लकडाउन लम्बिने र व्यापाररव्यवसाय बन्द हुने हो भने पेसाबाटै पलायन हुनुपर्ने अवस्था आएकोले रहरले नभइ बाध्यताले यस्तो निर्णय गर्नुपरेको महासङ्घले जनाएको छ ।
बजार पसल खुला भए पनि कोरोनाको जोखिम कम गर्न न्यूनतम दुरी कायम गर्ने, मास्क र स्यानिटाइजर प्रयोग गर्नेलगायत विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले भनेको मापदण्ड अनुसारको सावधानी अपनाइने महासङ्घले जनाएको छ ।
सरकारले पसल खोल्न नदिए राज्यलाई तिर्ने कर, घरभाडा, बैंकको ब्याज र कर्मचारीको तलवको जिम्मा सरकारले लिनुपर्ने महासङ्घका अध्यक्ष कटुवालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।