मकवानपुर जागरण अभियानद्वारा खाद्यान्न सहयोग

हेटौँडा, २२ जेठ । लक डाउनका कारण दैनिक ज्यालादारीको काम गर्न नपाएर खाद्यान्नको अभाव भएपछि आत्माहत्याको प्रयास गरेका हेटौंडा ४ गर्दोईका मोहम्मद मुन्ना शेखको परिवारलाई मकवानपुर जागरण अभियानले खाद्यसामग्री सहयोग गरेको छ । सामाजिक कार्यमा क्रियाशिल मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोईराला, उपाध्यक्ष जनकमान डंगोल र सचिव बालकृष्ण दाहालले आज शेखको घरमा पुगी दुई महिनालाई पुग्ने खाद्यसामग्री प्रदान गरेको हो ।

अभियानले चामल, तेल, दाल, नुन, साबुन, चिउरा, दालमोठ, आलु, प्याज, पाउडर दुध, सोयाविन मस्यौरा, साबुन लगायतका १० हजार बराबरको सामग्री प्रदान गरेको हो । ज्याला मजदुरी गरेर जीवन निर्वाह गरिरहेका शेखको श्रीमती र ४ छोराछोरी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*