कोरोनामा गरिएको ८ अर्ब ३९ करोड खर्च सार्वजनिक

जेष्ठ ३१ ,काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले गरेको खर्चको विवरण सार्वजनिक गरेको छ ।

सरकारले संक्रमण रोकथामका लागि प्रभावकारी कदम नचालेको भन्दै व्यापक जनआक्रोश र प्रदर्शन भइरहँदा खर्चको एकपन्ने विवरण सार्वजनिक गरिएको हो । कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसी ले शनिबार सार्वजनिक गरेको सो विवरण अनुसार हालसम्म संघ, प्रदेश र स्थानीय तहबाट कुल ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैंया खर्च भएको छ ।

संघीय सरकारको तर्फबाट हालसम्म ४ अर्ब १० करोड ५५ लाख ६ हजार रुपैंया खर्च भएको जनाइएको छ । सो खर्चमध्ये स्वास्थय तथा जनसंख्या मन्त्रालयले १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार, रक्षा मन्त्रालयले २ अर्ब ४० करोड २४ लाख ५७ हजार, गृह मन्त्रालयले २ करोड ४५ लाख ८८ हजार, शहरी विकास मन्त्रालयले १ करोड ४२ लाख तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ करोड ६९ लाख ७८ हजार रुपैंया खर्च गरेको जनाएको छ ।

त्यस्तै, प्रदेश सरकारहरुले १ अर्ब ३० करोड ४० लाख ९९ हजार तथा स्थानीय तहले २ अर्ब ९८ करोड ५१ लाख ४९ हजार रुपैंया खर्च गरेको विवरणमा उल्लेख गरिएको छ । हालसम्म खर्च भएको उक्त रकममध्ये संघीय कोषबाट ५ अर्ब ६२ करोड ९२ लाख ४० हजार रुपैंया निकाशा गरिएको जनाइएको छ ।

जसमध्ये औषधी र स्वस्थ्य सामाग्रीमा ३ अर्ब ९० करोड ८८ लाख, स्वास्थ्य पूर्पाधारमा १ अर्ब १२ करोड ५० लाख, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार, क्वारिेीटनमा १३ करोड ५५ लाख ९८ हजार तथा अन्य खर्चमा ४० करोड १५ लाख ९ हजार रुपैंया खर्च गरेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*