लकडाउनको अवधिमा साढे ६ सय महिलाले गरे आत्महत्या

काठमाडौँ । देश कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण गर्ने प्रयासमा रहेका वेला घरेलु तथा महिला हिंसाका घटना बढेको पाइएको छ ।

लकडाउनको अवधिमा देशभर महिलाको आत्महत्याका घटना बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । महिलासम्बन्धी हिंसाका बढेको देखिएको नेपाल प्रहरीका प्रवक्ता उमेशराज जोशीको भनाइ छ ।
लकडाउन भएदेखि ८३ औँ दिनसम्ममा ६४८ जना महिलाले आत्महत्या गरेका छन् । सबैभन्दा बढी महिलाको आत्महत्याको घटना प्रदेश २ मा भएको देखिएको छ ।

प्रहरीको तथ्यांकअनुसार प्रदेश नम्बर १ मा ११०, प्रदेश नम्बर २ मा १२१, बाग्मती प्रदेशमा ८८ जना महिलाले आत्महत्या गरेका छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ७६, प्रदेश नम्बर ६ मा ११७, कर्णाली प्रदेशमा ३३, सुदूरपश्चिममा ७२ जना महिलाले आत्महत्या गरेका छन् ।

आत्महत्याको घटना काठमाडौँ उपत्यकाभित्र पनि बढेको छ । उपत्यकाका तीन जिल्लामा लकडाउन अवधिभर ३१ जना महिलाले आत्महत्या गरेको तथ्यांक छ ।

रिपोर्ट प्राप्त भए पनि के कारण ती महिलाले आत्महत्या गरे भन्ने अहिले खुलाउन नमिल्ने प्रवक्ता जोशीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*