स्थायी कमिटि बैठकमा केपी ओली अनुपस्थित

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

बिहान ११ बजेपछि सुरु भएको बैठकको सुरुदेखि नै अध्यक्ष ओली बैठकमा छैनन् । गएको बुधबार सुरु भएको बैठकमा धारणा राखेका ओली आजको बैठकमा भने उपस्थित नभएका हुन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बैठक चलिरहेको छ । बैठकमा अहिले भारतसँगको सीमा विवादको प्रसंगबारे सदस्यहरुले धारणा राखिरहेका छन् ।

परराष्ट्रमन्त्री समेत रहेको स्थायी कमिटि सदस्य प्रदीप ज्ञवालीले सीमा विवाद समाधानका लागि सरकारले गरेका प्रयासबारे बैठकलाई जानकारी गराएका छन् ।

उनले भारतसँगको सीमा विवाद समाधानका लागि सरकारले उच्चतम प्रयास जारी राखेको बताए । यस्तै उनले चीनसँग नेपालको कुनै किसिमको सीमा विवाद अहिले नरहेको बताए । उनले चीनतर्फको सीमाबारे पछिल्लो विवाद सृजित समस्या रहेको जिकिर गरे ।

१९६१ मै चीनसँगको विवाद समाधान भइसकेको बताएका ज्ञवालीले अहिले फर्जी कागजात तयार पारेर चीनसँग पनि विवाद रहेको भनेर गलत प्रचार गर्ने प्रयत्न चलिरहेको जानकारी बैठकलाई गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*