नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक एक घण्टा बसेर स्थगित भएको हो ।

बैठकमा सहभागी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली संसद बैठकमा सहभागी हुन जाने भन्दै बीचमै उठेर हिँडेका थिए ।

आजको प्रतिनिधिसभा बैठकमा सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्ने भन्दै प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक छाडेर बाहिरिएका थिए ।

ओली बाहिरिएपछि अन्य केहि नेता पनि बैठकबाट बाहिरिएका थिए ।

प्रधानमन्त्री संसद बैठकमा जाँदा बैठक स्थगन नगर्ने केहि सदस्यले बताएपनि महासचिव विष्णु पौडेलले आजको बैठक स्थगित गर्न आग्रह गरेपछि एक घण्टा बसेर बैठक स्थगित भएको स्थायी कमिटी सदस्य गणेश शाहलेजानकारी दिए ।

हिजोको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री र नेकपा अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा माग गरेपछि आज ओलीले बिहान बालुवाटारमा आफू निकटका नेतासँग परामर्श गरेका थिए ।

परामर्शपछि स्थायी कमिटी बैठकमा सहभागी भएका ओली बैठकबाट बाहिरिएको केहि समयमै स्थायी कमिटी बैठक स्थगित भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*