आज पनि ओली – दाहाल एक्लाएक्लै छलफलमा

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा मंगलबार पनि छलफल सुरु भएको छ ।

सोमबार झण्डै डेढघण्टा चलेको छलफलमा पार्टीको विवाद दुई अध्यक्षबीच नै बसेर टुंग्याउने सहमति भएको थियो ।

त्यसको भोलिपल्ट आज फेरि ओली र दाहाल छलफलमा जुटेका हुन् । सोमबारदेखि उनीहरुबीचको छलफल सकारात्मक दिशामा अघि बढिरहेको बालुवाटार श्रोतले बताएको छ ।

यसअघि दोस्रो तहका नेताहरुसहित बैठक बसेका ओली र दाहालबीच सोमबारदेखि एक्ला एक्लै छलफल चलिरहको छ ।

ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने प्रचण्ड–नेपाल समूहको माग तथा कुनै पनि पद नछोड्ने ओलीको अडानका कारण अहिलेसम्म सहमतिको सम्भावना देखिएको छैन ।

तर पार्टीका दोस्रो तहका नेताहरु सहमतिका लागि प्रयासरत रहेको बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*