अमेरिकाले बनाएको कोभिड–१९ को खोप परीक्षण अन्तिम चरणमा

वासिङ्टन – संयुक्तराज्य अमेरिकाको बायोटेक कम्पनी मोडर्नाले मानिसमा कोविड–१९ को खोप ९भ्याक्सिन० परीक्षण यसै महिना अन्तिम चरणमा प्रवेश गर्ने जनाएको छ । आगामी जुलाई २७ मा खोप परीक्षण अन्तिम चरणमा प्रवेश गर्ने कम्पनीले बताएको छ ।

मोडर्नाले तयार पारेको खोपले यथार्थमा मानिसमा कति प्रभावकारी रुपमा काम गर्नेछ भन्ने परीक्षण हुँदैछ ।

यसअघि गरिएका परीक्षण निकै सुरक्षित रहेको दाबी गरिएको र खोपले मानव शरीरमा एन्डीबडी उत्पादन गरेको थियो ।

आगामी तेस्रो चरणको खोप परीक्षणमा संयुक्तराज्य अमेरिकाकै ३० हजार मानिसलाई सहभागी गराउने लक्ष्य राखिएको छ । यी खोपमध्ये आधाजसो मानिसलाई १०० माइक्रोग्रामको डोज दिइनेछ भने आधालाई प्लासिबो दिइनेछ ।

अनुसन्धाताहरुले खोप लगाइएका व्यक्तिहरुमा खोपको प्रभावकारिता वा असरका बारेमा आगामी दुई वर्षसम्म निगरानी राख्ने कम्पनीले जनाएको छ । कोभिड–१९ बाट भ्याक्सिनले गम्भीर बिरामी हुनबाट मानिसलाई जोगायो भने भ्याक्सिन सफल हुने विश्वास गरिएको छ ।

कम्पनीको यो अध्ययन सन् २०२२ को अक्टोबर २७ सम्म जारी रहनेछ, तर प्रारम्भिक नतिजाहरु यसअघि नै सार्वजनिक गरिनेछ ।

मोडर्नाको भ्याक्सिन परीक्षणको पहिलो चरणबाट प्राप्त नतिजालाई न्यू इङल्यान्ड मेडिसिन जर्नलले प्रकाशन गरेलगत्तै परीक्षण तेस्रो चरणमा प्रवेश गरेको घोषणा गरिएको हो । पहिलो चरणमा सहभागी ४५ जना सहभागी सबैको शरीरमा भाइरस विरुद्धको एन्टीबडी तयार भएको देखिएको छ ।

तर वैज्ञानिकहरुले पहिलो भ्याक्सिन सर्वाधिक सुरक्षित वा प्रभावकारी मान्न अहिल्यै भन्न नसकिने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*