नेकपा स्थायी कमिटीको आजको बैठक पनि स्थगित

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको बैठक फेरि स्थगित भएको छ । आन्तरिक विवादका कारण पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजे बस्ने तय गरिएको थियो । तर अब साउन ६ गते सम्मका लागि बैठक स्थगित भएको हो ।

यसअघि शुक्रबारका लागि तय भएको बैठक सहमति जुट्न नसकेपछि आइतबार दिउँसो ३ बजेसम्मलाई स्थगित गरिएको थियो । गत असार १० गतेदेखि सुरु भएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि बैठक लगातार सातौं पटकसम्म स्थगित भएको थियो ।

यसबीचमा नेकपाका शीर्ष नेताहरुबीच पटक पटक छलफल भएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान वार्ता भएका छन् । तर सहमति भने बनिसकेको छैन । सहमतिका लागि स्थायी कमिटी बैठक रोकेर हिजो सचिवालय बैठक बसेको थियो ।

बैठकमा ओलीले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव राखेपछि नेकपामा जारी विवाद केही हदसम्मका लागि टरेको आंकलन गरिएको छ । प्रचण्ड(नेपाल समूहले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएको छ । तर ओलीले कुनै पनि पद नछाड्ने अडानमा हुनुहुन्छ ।

भारतले मलाइ हटाउन लाग्यो र नेकपाका नेताहरु पनि मेरो विरुद्ध लागे भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिले पार्टीभित्र विवाद बढ्दै गएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*