क्रिकेटर भण्डारीलाई थप उपचारका लागि काठमाडौं लगिने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललित भण्डारीलाई थपउपचारका लागि काठमाडौं लगिनेभएको छ । क्रिकेटर भण्डारीलाई सोमबार दिउँसो नै नेपालगञ्ज मेडिकल कलेज बाट काठमाडौं लान लागिएको हो ।

दुर्घटनामा परेर हात र खुट्टामा गम्भीर चोट देखिएपछि उपचारका लागि परिवारले काठमाडौं लान लागेको हो ।

आइतबार बेलुका कञ्चनपुरको झलारीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा क्रिकेटर भण्डारी र उनीसँगै रहेका करन ठगुन्नालाई चोट लागेको थियो । धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको हो ।

दुर्घटनापछि गम्भीर घाइते भएका भण्डारीको शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचारपछि धनगढीकै निसर्ग अस्पतालमा लगिएको थियो । त्यहाँबाट सोमबार बिहान नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो। त्यहाँ सिटी स्क्यान गर्दा नर्मल देखिएपछि उतै उपचार गर्ने भनिएको थियो ।

तर, छिटो रिकभरीका लागि उनलाई नेपालगन्ज भन्दा काठमाडौंमा सजिलो हुने भएपछि काठमाडौं ल्याउने निर्णय गरिएको परिवारिक स्रोतले जानकारी दिएको छ। उनलाई एयर एम्बुलेन्सबाट टोखास्थित ग्रान्डी अस्पतालमा उपचार गरिने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*