संविधान दिवसमा विभिन्न क्षेत्रका ५९४ जनालाई सम्मान
काठमाडौँ – सरकारले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रका ५९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ।
सम्मान गरिने व्यक्तिको सूचि सरकारले सार्वजनिक गरेको हो। सो सूचि अनुसार ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ।
राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमान राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ।
यो वर्ष नेपाल रत्न कसैलाई पनि दिइएको छैन । सुप्रसिद्ध प्रवल जनसेवा श्री ९प्रथम० बाट वरिष्ठ आँखा रोग विशेषज्ञ डा। सन्दुक रुइतलाई सम्मान गरिने भएको छ ।
संविधान दिवसमा नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ । तर यो वर्ष नेपाल रत्न कसैलाई पनि प्रदान नगरिने भएको छ ।