आईपीएलको दोस्रो खेलमा आज सन्दीपको टिम दिल्ली र पन्जाब भिड्दै
विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो खेलमा आज नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले किङ्स इलेभन पन्जाबसँग प्रतिश्पर्धा गर्दैछ।
खेल नेपाली समय अनुसार साँझ ७-४५ बजेदेखि शुरु हुदै छ । यस सिजनको आईपीएल कोरोना महामारीका कारण मिति सर्दै आएर अन्ततः युएईमा शनिबारबाट सुरु भएको हो ।
उत्कृष्ट स्पिनरहरु रहेको दिल्लीको टिममा आज तीन जना स्पिनर खेल्ने संभावना छ। तर, दिल्लीको पहिलो खेलको अन्तिम(११ मा सन्दीप लामिछाने पर्न सक्ने संभावना भने निकै कम छ। भारतीय सञ्चारमाध्यमहरुले तीन जना भारतीय स्पिनरहरु अन्तिम(११ मा पर्नसक्ने जनाएका छन्। उनीहरुले रवीचन्द्र आश्विन, अमित मिश्रा र अक्षर पटेलले खेल्ने संभावना औँल्याएका छन्।
आश्विन अघिल्लो सिजन पंजाबको कप्तान थिए। उनी भारतीय राष्ट्रि टिमका प्रभावशाली र वरिष्ठ खेलाडी भएका कारण पनि उनी आज खेल्ने निश्चितजस्तै छ। अमित मिश्रा भारतका वरिष्ठ खेलाडी भएका र फर्ममा रहेका कारण उनी पर्ने संभावना बढी छ। अक्षर पटेल भने बलिङ अलराउन्डर भएका कारण टीममा उनको विकल्प नखोजिने भारतीय सञ्चारमाध्यमहरुको दाबी छ।
सन्दीपलाई मौका दिइएको खन्डमा अमित मिश्रालाई विश्राम दिइने संभावना हुन्छ। तर, विदेशी खेलाडीको कोटा मिलाउनुपर्ने कारण पनि आज सन्दीपको संभावना कम छ। आज दिल्लीबाट विदेशी खेलाडीको कोटामा मार्कस स्टोइनिस, कासिगो रबाडा, एनरिच नोत्र्जे र ज्यासन रोयको संभावना छ। मार्कस स्टोइनिस अलराउन्डर हुन्। ज्यासन रोय ओपनर ब्याट्स्म्यान हुने भने नोत्र्जे र रबाडा तीव्र गतिका बलर हुन्। यीबाहेक दिल्लीमा क्रिस वोक्स, डानियल साम्स, किमो पाउल, सिमरन हेटमेयर लगायत विदेशी खेलाडी छन्।
पंजाबको टीम भने अहिलेसम्म दुबईमा पराजित भएको छैन। २०१४ मा सभै पाँच खेल जितेको थियो। पछिल्लो तीन सिजनमा पंजाब आफ्नो पहिलो खेल हारेको छैन। पंजाबको टीममा यसपटक क्रिस गेल, ग्लेन म्याक्सवेल, मुजिब उर रहमान, लोकश राहुल, निकोलस पुरनलगायत खेलाडी छन्।