ओली र प्रचण्डबिच भेटवार्ता सम्पन्न

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सम्पन्न भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतवार भएको भेटमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको नेकपा उच्च स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार ओली(प्रचण्ड छलफलपश्चात तत्काल ९आजभोलि०मै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना बढेको छ ।

सकेसम्म आजै, नभएमा भोलिसम्ममा मन्त्रिपरिषद् पुनर्गठन भइसक्छ, उच्च स्रोतले लोकान्तरसँग भन्यो । दुई अध्यक्षबीच तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति जुटेको स्रोतको दाबी छ ।

नेकपा सचिवालय बैठकले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने सैद्धान्तिक सहमति गरेको थियो । सोही अनुसार अध्यक्षद्वय बीच बिहीवार र शुक्रवार पनि पनि छलफल भएको थियो ।

अध्यक्षद्वय बीच रिक्त संवैधानिक आयोगहरूमा नियुक्ति बारे समेत छलफल भएको बताइएको छ ।

यसैबीच आइतवार मध्याह्न १२ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्री ओलीले यसअघिको बैठकमै मन्त्रिपरिषद् पुनर्गठनको संकेत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*