इजरायली श्रम बजार नेपाली युवाका लागि खुला
काठमाडौँ । इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा बुधबार रोजगारीसम्बन्धी सम्झौतामा हस्तक्षर भएको छ ।
सम्झौतामा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य र इजरायलको तर्फबाट त्यहाँका परराष्ट्रमन्त्री गाबी आस्खेनाजीले हस्ताक्षर गर्नुभएको छ । यसले केयर गिभर, कृषि, होटल र रेष्टुरेष्ट, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउनेछ ।
यद्यपि, प्रत्येक क्षेत्रका लागि ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया शुरु हुने तेलअविवस्थित नेपाली दूतावासले जनाएको छ ।