नेकपाको सचिवालय बैठक शनिबार बोलाइयो
काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार बस्ने भएको छ । आज ९शुक्रबार० बिहान बालुवाटारमा भएको नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलले सचिवालय बैठक बोलाउने निष्कर्ष निकालेको हो ।
सचिवालय बैठक शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपा स्रोतले जनाएको छ । स्रोतका अनुसार आजको छलफलमा बिहीबार बेलायत र अमेरिकाका लागि भएको राजदूत सिफारिसको विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले यी सिफारिसमा पार्टीको सल्लाह नलिएको र नमानेको भन्दै प्रचण्ड समूह यसमा असन्तुष्ट भएको बेला सचिवालय बैठक बस्न लागेको हो ।
शनिबार बोलाइएको सचिवालय बैठकको एजेन्डा भने तय भइनसकेको स्रोतले जनाएको छ ।
पछिल्लो पटकको विवाद स्थायी कमिटीले हल गरेको थियो । जसमा सरकार ओलीले र पार्टी दाहालले एकअर्काको सल्लाहमा संचालन गर्ने भनिएको थियो ।