डा. केसीलाई अनशन तोड्न पूर्वराष्ट्रपतिको आग्रह
काठमाडौँ– पूर्वराष्ट्रपति डा रामवरण यादवले शिक्षण अस्पताल पुगेर १९ दिनदेखि अनशनरत डा गोविन्द केसीसँग भेट गरेका छन्।
शुक्रबार विश्व अहिंसा दिवसको अवसरमा अस्पताल पुगेका यादवले डा। केसीका माग चाँडोभन्दा चाँडो सम्बोधन गर्न सरकारलाई आग्रह गरे।
यस्तै पूर्वराष्ट्रपति यादवले डा। केसीलाई आफ्नो स्वास्थ्यको ख्याल राखेर अनशन तोड्न समेत आग्रह गरेका छन्।
उनले सत्याग्रही डा। केसी राज्यको अमूल्य सम्पत्ति भएको भन्दै उनको स्वास्थ्य सम्वेदनशीलतामा चिन्ता व्यक्त गरे।
साथै केसीको निरीक्षणमा रहेका चिकित्सकलाई उपचारमा सावधानी अपनाउन पनि अनुरोध गरे ।
‘उहाँको हेरचाह गर्नेदेखि उपचारमा संलग्न सबै प्रशंसायोग्य हुनुहुन्छ। म सरकारलाई पनि गम्भीर भएर उहाँले उठाएका जनताका साझा समस्या समाधानको लागि आग्रह गर्दछु,’ केसीलाई भेटेपछि डा। यादवले भने, ‘जति अहिले समाधान गर्न सकिन्छ, समाधान गर्दै जानुपर्छ।’