कडा सुरक्षाबिच प्रदेश ५ नेकपा संसदीय दलको बैठक सुरु
बुटवल – कडा सुरक्षाबीच नेकपा प्रदेश ५ संसदीय दलको बैठक सुरु भएको छ। नेकपा संसदीय दलको कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो।
कडा सुरक्षाका साथ मुख्यमन्त्री शंकर पोखरेलसहितका मन्त्री र सांसदहरु बैठकस्थल पुगेका छन्। बिहान ७ बजेपछि संसदीय दलको कार्यालयमा बैठक भनेर सांसदहरुलाई बोलाइएपनि मुख्यमन्त्री ११ बजेपछि मात्रै प्रदेशसभा परिसरमा प्रवेश गरेका छन्।
बैठकमा मुख्यमन्त्रीले सांसदहरुलाई निर्देशन दिने सम्भावना छ। सांसदहरुले पार्टीले ह्वीप लगाउने तयारी भएको जनाएका छन्।
यसैबीच नेकपाकै सांसद भोजप्रसाद श्रेष्ठले विधि र प्रक्रिया मिचेर प्रदेश राजधानी सार्ने प्रस्ताव आएको भन्दै प्रदेश सभाले नियमावली संसोधनका लागि बनाएको मस्यौदा समितिको संयोजकबाट राजीनामा दिएका छन्।
तर यो समितिले राजधानी सार्ने विषयसँग सरोकार राख्दैन।